logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्रधानमन्त्रीकै असन्तुष्टि

img
प्रधानमन्त्रीकै असन्तुष्टि

काठमाडौं, सरकारको काम कारवाहीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं असन्तुष्ट बन्नुभएको छ। सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्र गर्नुभएको हो।

उहाँले योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताउँदै मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताउनुभयो। प्रधानमन्त्रीले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त शुरु नै हुन नसकेको अवस्था रहेको बताउनुभयो।

उहाँले चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै शुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमतामाथि नै प्रश्न उठेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताउनुभयो।

उहाँले पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको भएको भन्दै पुँजी निर्माण नभइ विकासले गति नलिने स्पष्ट पार्नुभयो। उहाँले सो स्थितिमा अर्थतन्त्र चलायमान नहुने जिकिर गर्नुभयो। आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन भन्ने प्रश्नको उत्तर चित्तबुझ्दो नभएको बताउनुभयो ।

img
img