logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौं

img
प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिने बताउनुभएको छ । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनुभयो । 

प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, ‘मैले स्पटै भनेको छु, तपाईँले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ ।  भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं ।’ आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उहाँले सुझाव दिनुभयो । 

img
img