logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ गते बाट सुरु

img
हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ गते बाट सुरु

काठमाडौं,  निजि उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ,  नेपाल (हिसान) को  आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते गर्ने भएको छ । शिक्षा विकासमा सार्थक साझेदारी :हिसानको योगदान र जिम्मेवारी भन्ने मुल नाराका साथ आठौं राष्ट्रिय महाधिवेशन काठमाण्डौंमा गर्ने भएको हो । महाधिवेशनमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहस को समेत समुद्घाटन हुने छ । महाधिवेशनबाट केन्दि्रय पदाधिकारीहरुको चयनका साथै प्राज्ञिक छलफल, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन प्रस्तुत हुनेछ । आठौं महाधिवेशनमा ३५ जिल्लाका ६०० शिक्षालयबाट प्रतिनिधिको सहभागिता रहने र ५० जना पर्यवेक्षकहरू गरी ६५० जनाको उपस्थिति रहने जनाइएको छ ।

img
img