logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कलेज रिडर्स द्धार पदाधिकारीहरुलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

img
कलेज रिडर्स द्धार पदाधिकारीहरुलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौं, शिक्षा क्षेत्रको सबै भन्दा पुराने तथा चर्चित पत्रिका कलेज रिडर्स द्धारा अल्फाहाउसमा एक कार्यक्रम आयोजना गरि प्याबसन, एनप्याबसन र हिसानका नव निर्वाचित केन्दि्य पदाधिकारीहरुलाई सम्मान गरिएको छ । नेपालकै सबैभन्दा ठुलो नेपाल स्कुल मेला अनलाईन SEE QUIZ को APP प्याबसन, एनप्याबसन र हिसानका नवनिर्वाचित पदाधिकारीहरु लाई शुभकामना तथा सम्मान कार्यक्रमको समुद्घाटनको अवसरमा विधार्थी माझ बाहिर ल्याइएको छ । राज्यमन्त्री माननीय श्री उमेश श्रेष्ठ को प्रमुख आतिथ्यमा काठमाण्डौं उपत्यका भित्र रहनु भएका प्याबसनका नव निर्वाचित केन्दि्य पदाधिकारीहरु अध्यक्ष श्री डी के ढुगांना , उपाध्यक्ष श्री कृष्ण प्रसाद अधिकारी , उपाध्यक्ष श्री किशोर गौतम, उपाध्यक्ष श्रीमती दिपिका थापा रिमाल, उपाध्यक्ष श्रीमती संगिता सिलवाल, उपाध्यक्ष श्री किशोर गौतम, उपाध्यक्ष श्री टी आर ढकाल, कोषाध्यक्ष श्री सन्तोष मणि न्यौपाने र एन प्याबसनका अध्यक्ष श्री पाण्डव हमाल, सह अध्यक्ष श्री शुवास न्यौपाने लगायतका केन्दि्य कार्यसमितिका पदाधिारीहरुलाइ  फुलमाला, दोसल्ला तथा प्रशंसा पत्र सहित शुभकामना तथा सम्मान गरिएको छ  । 

 

त्यस्तै, हिसान काठमाण्डौका अध्यक्ष श्री शिव अधिकारी, केन्दि्य उपाध्यक्ष डा. स्वागत श्रेष्ठ लगायतका पदाधिकारीहरु पनि उक्त कार्यक्रममा सहभागि हुनु भएको थियो ।  यस अनलाइन QUIZ को मुख्य उद्देश्य आउदै गरेको SEE परिक्षाको तयारी गरेका विधार्थीहरुका लागि अझ राम्रो होस भन्ने हेतुले तयार पारिएको हो । यो हरेक दिन बेलुका ५ बजे देखी अर्को दिनको बिहान ८ बजे सम्म कार्यक्रम सञ्चालन हुनेछ । SEE को तयारी गरिरहेका विधार्थी भाई बहिनीहरुले LEARNING SATHI को एप डाउनलोड गरेर उनीहरुले ONLINE QUIZ को तयारी गर्न सक्छन् । यसमा प्याबसन, एनप्याबसन तथा हिसान अन्र्तगत रहेका स्कुल तथा कलेजहरुको सहभागी रहेको छ । यसमा लगभग एक लाख भन्दा बढी विधार्थीहरु एकै पटक आएर क्वीज खेल्न सक्छन भन्ने जानकारी कलेज रिडर्सका सिईओ श्री जितेन्द्र घिमिरे  ले बताउनु भयो । समयको माग सगै शैक्षिक संस्थाहरु प्रविधिका नयां आयामहरुमा उल्लेख्य रुपमा सहभागी भएको पनि जानकारी गराउनु भयो ।

 

img
img