logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

img
सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् । २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल ९ दिनको थिए । त्यति बेला नै मन्त्री बस्नेतले स्वर्गिय चालिसेको छोरालाई आफुले पढाई दिने आश्वासन दिएका थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरि दिएका छन् ।

उहाँले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु.६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए ।


img