logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा एकैदिन पाँच चिकित्सक पक्राउ

img
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा एकैदिन पाँच चिकित्सक पक्राउ

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद डा. सुनीलकुमार शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन् । उनका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् ।

दिउँसो सीआईबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद शर्मालाई पक्राउ गरेको थियो । 

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । 

उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।