logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

एक सन्त चिकित्सक

img
एक सन्त चिकित्सक

वि. सं. २०२२ सालमा प्युठान जस्तो विकट जिल्लामा जन्मेर विभिन्न दुःख कष्ट हरु पार गरि त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानको सहायक प्रध्यापक सम्मको जिम्मेवारी करिब ८ वर्षसम्म बहन गरि आफ्नै जिल्लामा सेवा गरिरहेका डा. लेकराज सुवेदी एक ब्रहमचारी व्यक्ति पनि हुनुहुन् । आजसम्म पनि उहाँको कहि कतै घर घडेरी छैन् । बिहेवारी भएको छैन् । रात दिन बिरामीको सेवा गरिरहेका डाक्टरले घरमा करिब सय बर्ष उमेरकी बृद्ध आमालाई रेख देख पनि गर्नु हुन्छ । शस्त्र द्धन्द कालमा माओवादी र सरकार पक्ष दुबैको निस्वार्थ उपचारमा संलग्न रहेको कुरा पनि बताए ।

डा. सुवेदीको निःशुल्क बिरामी हेरेर भोकै मर्देन भन्ने सिद्धान्तले उनले जिल्लामा धेरै मात्रामा रहेका गरिब, असाहय, अशक्त बिरामीहरुलाई सेवा गरिरहेको बताए । आजको समयमा चिकित्सक जस्तो व्यक्तिले निःशुल्क सेवा गरेको विरलै पाईन्छ र त उनलाई एक सन्त डाक्टर भन्दछन् ।