logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कलियुगको सुरुवाती हो त ?

img
कलियुगको सुरुवाती हो त ?
संसार विचित्र छ, सामान्य व्यक्तिले पृथ्वीको विकास क्रम र सभ्यता नबुझिसक्नु छ । साँच्चै, पृथ्वीमा सर्वप्रथम पहिले कुन प्राणी आयो होला ? मानव जातिको उत्पत्ति कसरी भयो होला ? के मानव जाति या पृथ्वी को इतिहास र धार्मिक ग्रन्थ मा लेखिए बमोजिम निश्चित आयु हुन्छ त ? ब्रह्माण्ड लाखौँ तारा छन्, पृथ्वी जस्तै लाखौँ ग्रह तथा उपग्रह छन् के तिनीहरूमा हामी जस्तै मानव जाति छन् त ? के आजको उत्तर आधुनिक पृथ्वी एक दिन ध्वस्त हुने हो त ? यी यस्ता यावत प्रश्नको सटिक उत्तर अझै पनि यो उत्तर आधुनिक समाजका वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । यस सम्बन्धमा खोज तथा अनुसन्धान बाट तयार पारिएका सामग्रीहरू, धार्मिक ग्रन्थहरू मा रहेका कुराहरू अध्ययन गर्दा ठिक हो जस्तो पनि लाग्दछ । 

यसरी अहिले सम्म एक मात्र मानव अस्तित्व रहेको पृथ्वीमा मानव मानव बिच नै किन यति धेरै लडाई छ त ? के पृथ्वी हिन्दु धर्मका ग्रन्थमा लेखिएको जस्तै कलियुगको युग हो त ? समाजमा अहिले साँचो कुरा गर्ने बिरलै छन्, सायद छैनन् नै । मानवता भन्ने के हो भन्ने कुरा यो समाजले बिर्सिन लागेको पो हो कि ? मानिसहरू यहाँ फाइदाको लागि पाँच रुपैयाँ पर्ने मिठाईमा पनि मिसावट गरी बालक बालिकाको ज्यान लिई रहेका छन् । पाँच रुपैयाँको खाने कुराको यदि म्याद गुज्रिएर विष बनेको भएता पनि सोझा साझा लाई ठिक छ भनेर व्यापार गरिरहेकै छन् । फाइदाको लागि औषधि देखि लिएर खाधन्न सम्म मिसावट छ । नक्कली चामल र गहुँ संसार भरि फैलिएको छ । पैसाको लागि मानिसले मानिसकै अगंप्रत्यगं बिक्री गरेकै छन् । यति सम्म कि पैसा कै लागि आफ्नै छोरा छोरी लाई समेत मानिसले अपागं बनाई कमाई खाने भाँडो बनाएका छन् । क्षणिक आनन्दको लागि छ महिने नानी लाई समेत बलात्कार गरेका छन् । आफ्नै आफन्तमा पनि बलात्कार गरेका छन् । वास्तविक दोषीको पहिचान नै हुँदैन । बीभत्स हत्या तीव्र बढेको छ । समाजमा सही लाई भन्दा गलत कार्य गर्ने लाई आफ्नो क्षणिक फाइँदाको लागि समर्थन गरेकै छन् ।

यो युग को अध्ययन गर्ने हो भने आजको दिन सम्म हामीहरूले ती घटनाहरू देख्न त परै जावस सुन्न पनि सक्दैनौ । तर कहीँ कतै छिट फुट का घटनाहरूले कलियुगको सुरुवाती सङ्केत हो कि भनेर अडकल चाहिँ गर्न हामी सक्छौ ।