logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

के नेपाल विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ ?

img
के नेपाल विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ ?

नेपालमा शैक्षिक क्षेत्रको गुणस्तर र शुल्कमा धेरै बहश हरु हुने गर्दछ । ति बहश र छलफलबाट अझै पनि कुनै ठोस परिणाम निकाल्न सकिएको छैन् । विदेशको सन्र्दभमा पनि शुल्कमा अन्तर देखिएकै छ । कतिपय देशमा सरकारले नै शैक्षिक संगठनहरुको वर्गीकरण गरी निशुल्क, आंशिक शुल्क र पुरा शुल्क लिएर ति संस्थाहरुले अध्यापन गराईरहेका छन् । त्यस्तै कुनै देशमा कक्षाको तह अनुसार निशुल्क, आंशिक शुल्क र पुरा शुल्क लिएर अध्यापन गराएका छन् । नेपालमा सरकारी विधालयमा पनि निशुल्क पढाई हुने गर्दछ तर गुणस्तरको कारणले गर्दा प्रभावकारी बनेको छैन । यस्तो किन भईराखेको छ, बहश हुनु एकदमै आवश्यक छ । नेपालका जुनसुकै विश्वविधालयबाट सम्बन्धन प्राप्त भएका शैक्षिक संस्थाबाट अध्यापन सकाएर किन बेरोजगार हुनुपरेको छ यस बारे पनि सम्बन्धित सबै पक्षहरु मिलेर बहश गरि निकास निकाल्नु पर्ने देखिन्छ । नेपालबाट बर्षेनि लाखौ विधार्थाीहरु खरबँै रुपिया लिएर बिदेश पढ्न किन जान्छन् यसबारे बहश हुनु नितान्त आवश्यक देखिन्छ । नेपालको भौगोलिक संरचना, हावा पानी, शैक्षिक गुणस्तर, शैक्षिक जनशक्ति, शैक्षिक संरचना तथा सामग्रीहरु, शिक्षामा प्रविधि, शैक्षिक शुल्कमा असमानता, शैक्षिक संगठनहरुमा राजनैतिक प्रभाव, शिक्षा सम्बन्धि कानुन तथा निति नियमहरु, भाषा, धर्म, संस्कृति, शभ्यता, यस्तै अन्य तत्वहरुबारे बहश गरि नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नु पर्ने देखिन्छ । 

अब संक्षेपमा यहा चर्चा गर्नु पर्दा, नेपाल विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ तर केही बिषयमा मात्र । नेपाल संसार भरि सुन्दर र शान्तको देश हो भनेर चिनिन्छ । रमणीय बातावरण, हिमाल, पहाड र तराईको भौगोलिक विविधता भएको देश, सगरमाथाको देश, हिमालै हिमालको देश, मनोरम दृश्य, विभिन्न पशु पन्छी, बोट बिरुवा, स्वच्छ हावा पानी  विश्वमै पर्यटनको लागि उत्कृष्ट गन्तव्य विश्वको पर्यटन शिक्षाको लागि पनि उत्कृष्ट गन्तव्य बन्न सक्छ । त्यस्तै नेपाल विश्वकै दोस्रो जलस्रोतमा धनी देश भएकोले जलविधुत सम्बन्धी बिषयमा विश्को उत्कृष्ट गन्तव्य बन्नेमा कुनै दुई मत देखिदैन् । परापुर्वकाल देखि नेपाल क्रृषि मुनिहरुको देश हो । आजको यो आधुनिक संंसार हाम्रै क्रृषिमुनिहरुले तय गरेका वेद, पुराण, ग्रन्थहरु बाट बनेको हो । नेपालमा पाईने जडीबुटी विश्वमै पाईदैन अनी मन्दिरै मन्दिरको देश, बुद्धको देश, देवत्वको बास भएको देशमा योग, आयुर्वेदिक, धर्म तथा संस्कृति विषयमा यहां संसार भरि बाट पढ्न आउनेछन् । हाम्रो देश कृषि प्रधान देश भएकोले यो भुमीमा आधुनिक तथा वैज्ञानिक तवरले हावापानी तथा माटो परिक्षण गरि यदि कुनै स्थानमा कुनै विरुवा वा बालिको लागि उपयुक्त हुन्छ भने त्यही मात्र गर्नु पर्ने देखिन्छ । यसरी गर्दा कृषि पर्यटनलाई पनि ठुलो टेव पुग्दछ । त्यसैले कृषि विषयमा नेपालमा विश्व भरिबाट पढ्न आउनेछन् । नेपालमा खनिज पदार्थहरु जत ततै छ  तिनिहरुको उत्खनन् , प्रशोधन गरी उत्पादन गर्न खानी तथा खनिज पदार्थ सम्बन्धी बिषयमा नेपाल विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ ।

कम्तीमा ७० प्रतिशत प्रकृतिले केही विषयमा आफै अध्ययन गर्न बातावरण सिर्जित गरेको नेपालमा मानव निर्मित केही संरचनाहरु र कानुन बनाएर नेपाललाई विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन यस क्षेत्रमा लागेका सरोकारवालाहरुको ध्यान पहिले हुनु पर्ने देखिन्छ । बस्नका लागि  स्वर्ग नेपाल नै हो भन्नेहरु अब पढ्नको लागि पनि स्वर्ग नै हो भन्ने बातावरण सबैले बनाउनु पर्छ । देश आर्थिक उन्नति हुने एउटा राम्रो पक्ष विदेशी विधार्थी नेपालमा अध्ययन गर्न ल्याउनु पनि हो । अध्ययनको लागि उत्कृष्ट प्रकृति तथा बातावरण भएको हाम्रो देशमा अब सबै पक्षहरु मिलेर बहश गरि चांडो भन्दा चांडो केही तत्वहरुलाई सुधार तथा परिमार्जन गरि विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन तिर लागौ ।