३ मंसिर २०८०, काठमाडौं, छठ पूजाको मुख्यदिन आज अस्ताउँदो सूर्यलाई अर्ध्य दिइ तराई, मधेस ,काठमाडौं उपत्याका लगायत देशका बिभिन्न भागमा मनाइयो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका
दिनसम्म जलासय,नदी तथा पोखरीको
किनारमा सूर्यदेवता र छठीमाताको श्रद्धा एवं भक्तिपूर्वक पूजा आराधना गरी यो पर्व मनाइन्छ । अस्ताउँदो सूर्यलाई अर्ध्य दिएर पूजा आराधना गरी बर्तालुले आज रातभर जाग्राम बसि भोलि बिहान
उदाउँदो सूर्यलाई विधिपूर्वक अर्ध्य दिएपछि यो पर्व समापन हुन्छ ।
विगतमा मुख्यगरी तराई, मधेस क्षेत्रमा मात्र मनाइने यो पर्व पछिल्लो
समय सास्कृतिक अन्तरघुलनका कारण काठमाडौँ
उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत
श्रद्धा एवं भक्तिपूर्वक मनाउने प्रचलन बढ्दै गएको पाइन्छ ।
काठमाडौं
उपत्यकाका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, कुपण्डोललगायत
स्थानमा छठ पूजास्थल निर्माण गरी ध्वजापताकाले सिङ्गारिनुका साथै रंगबीरंगी
बत्तिले झिलीमिली पारेपछि गुह्येश्वरी, गौरीघाट, कमलपोखरी क्षेत्र
अझ उल्हासमय देखिएको छ ।
छठको व्रत
विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण
हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वासका कारण यो
पर्व मनाइन्छ । यो पर्वमा छैठी माताको पूजाअर्चना गरी पुत्र, पति र परिवारको
कल्याणको कामना गरिन्छ ।