केपी गौतम
तीज पर्वको परिचय
तीज मुख्यतया
नेपाली हिन्दू महिलाहरुको अति महत्वपुर्ण चाड हो । यस चाडलाई हरितालिका तीज पनि
भनिन्छ । पछिल्लो समयमा बसाइसराइ,मिडियामा पहुँच ,बदलिदो सामाजिक परिबेश र साँस्कृतिक
अन्तर्घुलनको कारण यो पर्व सम्पूर्ण नेपाली महिलाको साझा चाड बनेको छ । हरितालिका
तीज नेपाल लगायत संसारका बिभिन्न देशहरुमा नेपाली समूदायले विशेष पर्वको
रूपमा मनाउने गरेको पाईन्छ। यो चाड भाद्र
शुक्ल द्वितिय (दर खाने दिन) देखी शुरु भएर पञ्चमि तिथिमा सप्तॠषिको पुजा गरेर सम्पन्न हुन्छ । यस
पर्वको मुख्य खानाको परिकारलाई दर भनिन्छ ।
तीजको मौलिकता
हाम्रा हरेक मौलिक चाडहरू सामाजिक सद्भाव, भाइचारा, मेलमिलाप र एकता
जस्ता महत्व बोकेका छन्। तीज पर्व पनि
यसको अपवाद हुन सक्दैन । तीज पर्वको आफनै मौलिक विशेषता छ । बुहारिले चुल्हो(चौको, बालबच्चा,दाउरा(घाँस,ढिकी(जाँतो र
घरधन्दामै अल्झिनु पर्ने तत्कालिन समाजको
सामाजिक परिबेशमा एक दिन भएपनि माइतिघर गएर आफ्ना दिदिबहिनी , बालसखी आमा र काकी एबम् माइती हरुसित तीजमा मन खोलेर आफ्नो
दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट
गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख दुस्खका कुराकानी गर्ने अवसर समेत
जुटाइदिन्छ ।
तीज मनाउने शैली ,खाने खानाको
परिकार आदी स्थान बिशेषमा केहि भिन्नाता रहन सक्ला तथापि तीजको पहिलो दिन अर्थत
द्वितिय तिथीका दिन माइतिमा मिठामिठा परिकार दरको रुपमा खाने, रमाइलो गर्ने र त्यस रात पनि दिदिबहिनी मिलेर दर खाने गरिन्छ । दोस्रो दिन
अर्थात तृतिय तिथी को दिन दिनभर निराहार रही पानी समेत नपिई कठोर व्रत बस्ने, टोल एबम् देवालय
आदिमा रातो साडी र गहनामा चिटिक्क सजिएर
भेलाभै भगवान शिबको भक्ती गीत एबम् भजन गाउदै नाचगान गर्ने ,पुराना भाका र शैलीका गीत गाउने, गीतमा सामाजिक
बिसङ्गती र छोरी चेलिहरुले आफ्नो कर्मघरमा भोगेका दुस्ख कष्ट , सासुले दिएका कष्ट आदि गीतको माध्यमले प्रस्तुत
गर्ने आदी गरेर रमाइलो ररी मनाइन्छ
तेसोदिन यस्तो
उल्लेख्य केहि गरिदैन । चौथो दिन अर्थात पञ्चमीको दिन विवाहित वा अविवाहित नारीले
जानिनजानी गरिएको गल्तिहरू पखालिएर जिवन स्वच्छ र निर्मल बनोस भन्ने कामना सहित
सुद्धिकरणका लागि दतिवनले ३६५ पटक दात माझ्ने, तुलसी र हात्तिले टेकेको ठाउँ को माटो ले
नुहाउने जस्ता काम गर्ने ,सप्तऋषि ९अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा
वशिष्ठ ऋषि ०को पुजा आराधन गरि दोष निवारणका कामनागरी व्रत बस्ने चलन छ ।
सप्तॠषिको पूजापछि कर्कलोको तरकारी
खानेजस्ता परम्परागत संस्कार छ ।
तीजको धार्मिक
महत्व
तीज पर्वको आफ्नै
धार्मिक महत्व छ । पूर्विय वैदिक सनातन
धर्म परम्पराका बिभिन्न पौराणिक
ग्रन्थहरू तथा पुराणमा देबि पार्वतिले महादेव स्वामी
पाउँ भनेर कठोर तपस्या गरेपछी भगवान शिव
प्रसन्न भइ भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथीका दिन स्वयं प्रकट भई पार्वति
अर्थात गौरीको तपस्या स्वीकार्दै उनिसित बिवाह भएको प्रसङ्ग पाइन्छ । तसर्थ
बिवाहित महिलाले आफ्नो श्रीमानको
सुस्वास्थ एबम दीर्घायुको कामना गर्दै निराहार ब्रत बसी यो पर्व मनाउँछन भने
अबिवाहित नारिहरुले आफुले रोजेको , खोजेको ,असल र योग्य वर पाउँ भनेर निराहार ब्रत बस्छन ।यसरि श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने,शिव पार्वतीको
आरधना एवं पूजा गर्ने,शिव पार्वतीका मठ मन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने साथै पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा
गर्ने गरिन्छ।
तीजको सामाजिक र
साँस्कृतिक महत्व
यस पर्वले आफ्नो
कर्म घरमा बर्षभरी खेतिपाती, दाउरा घाँस, चुलो चौको , बालबच्चा र
परिवारका सदस्यहरुको रेखदेख गर्नुपर्ने , मीठो खान, राम्रो लगाउन
र मनोरन्जनात्मक कार्य गर्न नपाउने तक्कालिन नेपाली समाजमा एक दिन
भएपनी आफ्ना आमा बुबा, दाजुभाइ र
दिदिबहिनीहरुसित भेटघाट गर्ने, मीठो मीठो खाने , नाचगान र रमाइलो गर्ने ,उनिहरुविच सुख दुस्खका कुराकानी गर्ने अवसर
समेत जुटाइदिएको हुँदा नेपालमा तीज पर्वलाइ एउटा चेली र माइतिको सम्बन्धलाई दरिलो
बनाउने, पुनर्ताजगी
गर्ने, साथै
मनमुटाव केही भए त्यसलाइ अन्त्यगरि चेली माइतिको सम्बन्धलाइ प्रगाढ बनाउने पर्वको
रुपमा लिइन्छ ।
यस पर्वले महिलाहरूलाई आफ्नो जन्मघर जाने,परिवारका
सदस्यहरुसित भेटघाट गर्ने, मिठोमिठो खानेखुरा
खाने, खुशी
साटासाट गर्ने अबसर प्रदान गर्दछ । खास
गरी दाजुभाइहरु चेलीलाई उनको कर्मघर बाट
माइती अर्थात चेलीको जन्मघरमा लिएर आउने र
पारिवारिक भेटघाटका साथै मिठामिठा खानेकुरा बनाइ दर खुवाउने कार्यक्रम आयोजनागरि आफ्ना चेलीबेटिहरुलाई खुशिको बातावरण सृजना
गरिदिने हुँदा यो चाड चेलीहरुको लागी खुशी
र उमङगको चाड पनि हो । तीजमा प्रयोग हुने
गहना र पहिरनको पनि आफ्नै छुट्टै महत्व छ । तीजका दिन महिलाले लगाउने रातो सारीलाई
सुख, समृद्धि
एवम् साहसको प्रतीक मानिन्छ । त्यस्तै रातो टीका सौभाग्यको प्रतीक हो ।रातो सारी,चुरा, पोते र रातो टीका लगाइने, बिशेष खालको नृत्य, संगीत ,बाजा र गीत गाइने यो पर्वले सस्कृतिको संरक्षणा गरेको छ । यो चाडले
साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै
आएको छ ।
त्यसैगरी पारिवारिक मेलमिलाप्, भेटघाट र
आत्मियतालाई बढावा दिएको छ । तीजमा लिइने कठोर व्रत आफ्ना श्रीमानको द्रीघायु र
सुस्वास्थको कामना गरिने हुँदा नारीजातिको समर्पणको सस्कृतिलाइ जिवन्त बनाउछ भने
अर्को तर्फ श्रीमानले पनि आफ्नो श्रीमतिलाइ ब्रतको समयमा विशेष सहयोग र रेखदेख
गर्ने , ब्रतको
समापन सगै आफ्नै हातले तयार गरेको फलफुल र
मिठामिठा खानेकुरा दिने गरेको पाइन्छ ।यसले दाम्पत्य जीवन उल्लासमय , बिस्वसनिय र
समर्पणयुक्त बन्दछ
तीजको परिबर्तित
स्वरुप्, बिसङ्गती र सुधार गर्नुपर्ने कुराहरु
समय
परिवर्तनसँगै हाम्रा कतिपय मुल्यमान्यता,र जिवन शैली परिवर्तन हुनु स्वभाविकै हो ।तथापी
त्यसको मौलिकता र पहिचानै ध्वस्त हुने गरी आएको परिवर्तनलाई अस्वाभाबिक मानिन्छ ।
यसले हाम्रो परम्परागत मान्यतालाई खत्तम गरिदिन्छ । तीजपर्व पारिवारिक तहमा मनाइने, सम्बन्धलाई सुमधुर
र अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो । केहि
वर्ष यता तीज पर्वपनि पारिवारिक तहमा मनाइने तीज पर्व पार्टी
प्यालेसमा तडकभडक गरी मनाउने , मध्यपान गरेको र भद्दा नृत्य गरेको भिडियो तथा
फोटोहरु सामाजिक सन्जालामा हाल्ने आदी गर्नाले यसको समाजमा
नकरात्मक सन्देस प्रवाह भएको छ ।
जसलेगर्दा तीजको मौलिक पहिचान नै सङ्कटमा पर्दै गएको छ ।
तिजको अघिल्लो दिन खाइने दरको स्वरूप
पनि परिवर्तन हुँदै गएको छ । टोलटोलमा समूह बनाएर एक महिना अघिदेखि नाचगान र
खानपिनका कार्यक्रम संचालन गर्ने प्रवृति बढेर गएको छ । यसले तिजको मौलिकता र गरीमालाइनै तहसनहस पार्ने
साथै खास महत्वलाई भने बिर्साउँदै गएको छ
।
यसरि तीजको नाममा उत्ताउलोपन
बढेको छ ।अनावश्यक डडकभडक गर्ने, महिनादिन भन्दा बढी एउटा समूह र अर्को
समूह , टोल, छिमेक , साथिभाइ आदि नाममा
भेला हुने भड्किला गीत गाउने , भद्दा नृत्य प्रस्तुत गर्ने जस्ता अवान्छित
गतिबिधी भैरहेका छन । यसले गर्दा पारिवारिक मेलमिलाप र खुशी आदान प्रदानको ठाउँमा पारिवारिक कलह
हुने, ऋणमा डुब्ने
जस्ता नकारात्मक स्थिती पैदा भै रहेका छ्न ।नारी स्वतन्त्रताका नाममा
हुने यस प्रकारका क्रियाकलापलाई रोक्न सरकार, महिलाबादी संङगठन , बुद्धिजीवी बर्ग , समाजका अगुवा
सबैले सकृयता र चासो देखाउनु पर्दछ ।साथै यस पर्वको मौलिकता र महत्त्वलाई नयाँ पुस्ता सम्म हस्तान्तरण गरि यसको आध्यात्मिक, धार्मिक, सामाजिक र सास्कृतिक
महत्त्व बुझाउने जिम्मेवारी हामी
सम्पुर्ण सचेत बर्गको हो भन्दा
अत्युक्ति नहोला ।