logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

आज विश्व मृगौला दिवस, यस्ता समस्या भए मृगौला जाँच गराउन चिकित्सकहरुको सुझाव

img
आज विश्व मृगौला दिवस, यस्ता समस्या भए मृगौला जाँच गराउन चिकित्सकहरुको सुझाव

१० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

दिवसका लागि यस वर्षको नारा “सबैका लागि स्वस्थ्य मृगौला” भन्ने तय गरिएको छ। केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङ्क छ। विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ ।

नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्वन्धी कुनै न कुनै रोगबाट पीडित छन्। नेपालमा हरेक वर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको तथ्याङ्क छ। मधुमेह रोग भएका विरामीहरुलाई त मृगौलाको रोग हुने संभावना अझ ३ गुणा बढी हुन्छ।

मृगौला रोगको उपचार हुने भएपनि त्यो महँगो भएकाले सहज मानिँदैन। नेपाल सरकारले निःशुल्क मृगौला प्रत्यारोपण र डायलाइसिसको सुविधा उपलव्ध गराएको भएपनि औषधीकै लागि विरामीले लाखौं रुपैया खर्च गरिरहनु परेको छ।

त्यसैले मृगौलाको समस्या देखिनु अगावै खासगरी मधुमेह र उच्च रक्तचापका समस्या तथा अधिक मोटोपन भएका र परिवारमा यस्तै समस्याका अन्य सदस्य भएका एवं आँखाको डिल सुन्निने, गोलीगाँठो सुन्निने जस्ता समस्या भएकाहरुले नियमित मृगौला जाँच गराउन चिकित्सकहरुको सुझाव छ।

img