logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मन्त्री आलेविरुद्ध सार्वजनिक पदमा रोक लगाउन माग

img
मन्त्री आलेविरुद्ध सार्वजनिक पदमा रोक लगाउन माग

काठमाडौं, गाली गलौज गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्री आलेविरुद्ध अधिवक्ता द्वय किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका हुन् । अधिवक्ता द्वयले आले सार्वजनिक पदमा आउन नहुने भन्दै आगामी निर्वाचनमा समेत प्रतिस्पर्धा गर्न समेत रोक लगाउन निर्देशनात्मक आदेशको माग गरेका छन् । 

'निजको विगत देखिनै राष्ट्रिय छवि धुमल्लिएको अवस्थामा छ । यसरी सामाजिक रूपमा निर्लज्ज व्यक्ति भविष्यमा कुनै पनि सार्वजनिक पदमा आउन नहुने भएकाले आगामी निर्वाचनमा समेत प्रतिस्पर्धा गर्न समेत रोक लगाउन निर्देशनात्मक आदेश जारी गरि पाउ ।' निवेदन पत्रमा भनिएको छ । पछिल्लो समय प्रेम आले विवादित बनेका छन् । मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्षलाई अश्लील गाली गलौज र हातपात गरेका थिए । 

'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सँगै निज प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभा सदस्यको आचारसंहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २০७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधिसभा सदस्यहरूले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने उल्लेख छ। यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय समेत उल्लेख गरिएको छ। यसरी नियमको बरखिलाप हुने किसिमको माननीयज्यूले आफ्नो कार्यकक्षमा अश्लिल शब्द प्रयोग गर्दे भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन। यसले नेपालको भाषा र संस्कृति मार्थी ठलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यदिमार्थी साधिकार व्यक्तिवाटै निर्लज्ज प्रहार भएको छ । ' रिटमा उल्लेख छ । 

img